ट्रयाक्टरले ठक्कर दिँदा सव-इन्जिनियरको मृत्यु

वीरगञ्ज – पर्साको विन्ध्वबासिनीमा ट्रयाक्टरले मोटर साइकललाई ठक्कर दिँदा सव इन्जिनियरको मृत्यु भएको छ ।

बिहिबार राति ट्रयाक्टरले ठक्कर दिँदा पर्साको सखुवा पर्सौनी गाउँपालिकामा करार सेवामा कर्यरत सव इन्जिनियर दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।

गर्दौलतर्फ गइरहेको ना ३ त ३६९३ नम्बरको ट्रयाक्टरले गुरुङ सवार बा १ ब २६२६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गुरुङलाई उपचारको लागि वीरगञ्जको एल एस न्युरो अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

मकवानपुर निवासी सव इन्जिनियर गुरुङ गाउँपालिकाबाट काम सकाएर फर्किने क्रममा ट्रयाक्टरले ठक्कर दिएको थियो ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्