विदेशमा ‘कोमा’मा छन् २४ जना नेपाली

काठमाडौँ– वैदेशिक रोजगारीका शिलपशलामा विभिन्न देशमा पुगेका ५ सय ४५ जना नेपाली जेल परेका छन्। वैदेशिक रोजगार प्रवद्र्धनबोर्डका अनुसार १९ महिला र ५ सय २६ पुरुष जेलमा रहेका हुन्।

सबैभन्दा बढि मलेसिया २ महिलासहित २ सय ५ जना नेपाली जेल परेका छन्। युएईमा १२ महिलासतिह १ सय ८५ जना र कुवेतमा ३ महिलासहित ५८ जना जेलमा रहेका छन्।

ओमानमा दुई महिला र एक पुरुष, साउदीको जेद्दामा ३१, साउदीको रियादमा २३, कतारमा ३५ र बहराइनमा ५ जना नेपाली जेलमा रहेको तथ्यांक बोर्डले शुक्रबार सार्वजनिक गरेको हो।

श्रोतः वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड।

जेलमा परेका नेपालीलाई देश फर्काउनका लागि आवश्यक कानूनि सहयोगको व्यवस्थ ागर्न बोर्डले सम्बन्धित देशका कुटनीतिक नियोगमार्फत सहयोग गरिरहेको जनाएको छ ।

यस्तै विभिन्न देशका अस्पतालका कोमामा २४ जना नेपाली रहेको पनि तथ्यांक बोर्डले सार्वजनिक गरेको छ। आफ्नो ८ महिनाको प्रगति सार्वजनिक गर्दै बोर्डले ३ महिला र २१ जना पुरुष कोमामा रहेको जनाएको हो ।

सबैभन्दा बढि कतारमा ९ जना पुरुष कोमामा छन्। कुवेतमा एक महिलासतिह ४ जना, साउदीको जेद्दामाएक र रियादमा एक महिलासहित ४ जना कोमामा रहेका छन्।

बहराइनमा ४ पुरुष तथा युएईमा एक महिला र ओमानमा एक जना पुरुष कोमामा रहेका छन्।

ग्राफिक्स श्रोतः वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड।

उनीहरुलाई श्वदेश फिर्ता गरी उपचारको व्यवस्था मिलाउन, सम्बन्धित देशका नियोग, परिवारका सदस्य र सरकारी अस्पतालसँग समन्वय गरिरहेको बोर्डले जनाएको छ।

बोर्डले गत साउनदेखि यता विदेशमा ज्यान गुमाएका ५ सय २४ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। १६ जना महिला र ५ सय ८ जना पुरुषका परिवारले ३४ करोड २५ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

विदेशमा ज्यान गुमाएका मध्ये ५७ जनाको शव झिकाउन ६९ लाख ४९ हजार ७ सय ६ रुपैयाँ प्रदान गरेको र देशभीत्र आइसकेका ५ सय १९ जनाको शव घरसम्म पु¥याउनका लागि १ करोड २ लाख १३ हजार ६ सय ६७७ रुपैयाँ प्रदान गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

यस्तै यो आठ महिनामा २ सय १ जना अंगभंग तथा विदेशमा बिरामी भएकाहरुलाई पनि बोर्डले आर्थिक सहायता दिएको छ। १ सय ९५ पुरुष र ६ जना महिलाका लागि ४ करोड ३८ लाख ६६ हजार ५० रुपैयाँ प्रदान गरेको बोर्डले जनाएको छ। वैदेशिक रोजगारीका क्रममा हराएका ८९ जना नेपालीलाई खोजी गर्न बोर्डले २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

१७ कामदारका परिवारलाई स्वास्थ्य उपचार वापत ८ लाख १५ हजार सहयोग गरेको पनि बोर्डले जनाएको छ।

ग्राफिक्स श्रोतः वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड।

बोर्डको निरीक्षण गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बोर्डको कामलाई सहज र पारदर्शी बनाउने निर्देशन दिएका छन्।

बोर्डमा पीडित परिवार आइपुग्ने भएकाले उनीहरुको भावनामा चोट नपुग्ने गरी काम गर्न निर्देशन दिएका छन्। यसअघि नयाँ बोनेश्वरमा रहेको बोर्डको कार्यालय बवरमहलमा सरेको छ।

 

 

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्