वीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको हुलास स्टीलमा शनिबार दिउँसो आगलागी भएको छ।

दिउँसो करिब १२ बजेतिर कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा मेसिनबाट निस्केको आगोको झिल्कोले काराखानाभित्र आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुर–सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमबाट गएको वारुण यन्त्रको सहयोगमा करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको छ।

आगालागीबाट भएको क्षतिको बारेमा प्रहरीले विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

चैत २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्