तस्बिरसहित

साहसिक पर्यटकका लागि धुलिखेलमा जिपलाईन

अरनिको राजमार्गमा हर्न बजाउँदै, धुवाँ उडाउँदै गुड्ने गाडीको झ्यालबाट प्राय यात्रुको आखाँ त्यहाँ पर्छ । कतिपयले ठम्याउँछन्, कतिले ठम्याउन नपाउँदै हुईँकिएर जान्छ गाडी ।

आफ्नै साधन भएका बोटो छेउमा साधन अड्याउँछन् अनि अलि तलसम्म गएर सोध्छन्– यो के हो ?

फुर्सद भएका खेलेर फर्कछन् ।

काठमाडौँबाट ३३ किलोमीटर र धुलिखेलबाट करिव ३ किलोमिटरको दूरीमा छन् ‘थाक्लेडाँडा’ र ‘खावा’ । बाटोका छेउमा देखिने रिसोर्टका बोर्डले यो पर्यटकीय क्षेत्र हो भन्ने अड्कल काट्न सकिन्छ । यहाँ अब पर्यटकका लागि अर्को आकर्षण थपिएको छ ‘जिपलाईन’ । धुलिखेल जिपलाईन ।

पछिल्लो समय नेपालमा देश भित्रका वा विदेशी साहसिक पर्यटकको संख्या बढ्दो छ । र त्यो सँगै साहसिक पर्यटनका क्षेत्रमा पनि । त्यही भएर पछिल्लो समय बञ्जी, क्यानोइङ, प्याराग्लाइडिङ जस्ता खेलहरु नेपालमा लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक पर्यटकहरुका लागी यी राम्रो मनोरञ्जनका खेल हुन् ।

यसअघि जिपलाईन पोखरामा मात्र संञ्चालनमा थियो । अब जिपलाईनको मजालिन चाहनेको लागि अर्को गन्तव्य धुलिखेल पनि बनेको छ ।

थाक्लेडाँडाबाट खावासम्म एक हजार एक सय मिटर लामो यात्रा जिपलाईनमा गर्न पाइनेछ ।

धुलिखेल जिपलाईनमा तिन प्रकारले मनोरञ्जन लिन सकिन्छ साधारण, जोडिमा र सुपरम्यान । जोडी र सुपरम्यान जिपलाईन नेपालमा पहिलो भएको जिपलाईनका सञ्चालक केदार थापाले बताए । उनले भने ‘यहाँ जिपलाईनको मजा लिन आउनेका लागी यो नयाँ मसला हो ।’

जिप लाइन अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएको र भारतीय प्रविधिमा निर्माण गरिएको थापाले बताए । ट्रायलको रुपमा मंसिरबाट नै सुरु भएको जिपलाईन हाल दैनिक केही पर्यटकलाई मनोरञ्जन दिइरहेको छ ।

चैत ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्