दुर्घटनामा निधन भएकी निष्मा श्रेष्ठको अस्ट्रेलियामै अन्त्येष्टि

अस्ट्रेलिया– गत मार्च ४ तारिखमा अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परेर निधन भएकी निश्मा श्रेष्ठको मेलबर्नमा अन्त्येष्टि गरिएको छ।

आइतबार मेलबर्नको ११८७ सिड्नी रोडस्थित फोकनर मेमोरियल पार्कमा श्रेष्ठको पार्थिव शरीरलाई नेपाली समुदायले अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

नेपाली समुदायका अगुवाहरूसहित करिब ५० जनाको उपस्थितिमा श्रेष्ठकाे अन्तिम विदाई गरिएको हो।

हिन्दु परम्परा अनुसार भएको अन्त्येष्टिका लागि लागेको खर्च ‘ट्रान्सपोर्ट एक्सिडेन्ट कमिसन’ ले व्यहोरेको हुनाले नेपाली समुदायले आर्थिक संकलन गर्नु नपरेको नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले बताए।

चैत्र ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्