अफ्रिकामा लामाे दारासहितका हात्ती

रानी हात्तीका अपत्यारिला तस्बिर

‘बिग टस्कर’ भनेर चिनिने हात्ती अहिले पनि केन्यामा पाइन्छ । अफ्रिकामा पाइने भव्य काया र लामो दारासहितका हात्तीको संख्या ३० को हाराहारीमा रहेको बताइन्छ ।

बेलायती फोटोग्राफर विल वर्रार्ड–लुकाले यो हात्तीका ब्ल्याक एण्ड ह्वाइट तस्बिरहरु खिचेका छन् । उनले यो हात्तीलाई हात्तीहरुको रानीको रुपमा परिभाषित गर्ने गरेका छन् ।

केन्याको ट्साभो नेशनल पार्क लुकासले हात्तीका तस्बिर खिचेका हुन् । उनले ट्साभो ट्रस्टसँगको सहकार्यमा तस्बिर खिचेका हुन् । सिएनएन ट्राभलसँग लुकासले भनेका छन्, ‘हात्तीहरुको रानीलाई नजिकबाट हेर्न पाउनु र आफ्नो क्यामरामा तस्बिर लिन पाउनु उत्कृष्ट अनुभव रह्यो । त्यसमाथि पनि लामो दारासहितका हात्ती कम हुँदै गएको अहिलेको समयमा ।’

बाल्यकालको केही समय तान्जिनियामा बिताएका लुकासले वाइल्डलाइफ फोटोग्राफी गर्दै आएका छन् । उनले खिचेका तस्बिर जनावरका बारेमा सचेतना फैलाउने र संरक्षणका लागि कोष जम्मा गर्ने उद्देश्यसहितको ट्साभो ट्रस्टले निकाल्ने पुस्तकमा समेटिने छन् ।

चैत ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्