एसियन युथ एथ्लेटिक्समा ऐतिहासिक सफलता, नेपालका अजित ३ हजार मिटरमा पहिलो

काठमाडौँ – नेपालले एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेको छ। सशस्त्र प्रहरी बल-एपिएफमा आबद्ध अजित यादबले हङकङमा भईरहेको तेस्रो एसियन युथ एथ्लेटिक्समा तीन हजार मिटरमा प्रतिस्पर्धा गर्दै पहिलो स्थान हात पारेका हुन्। उनले ८ मिनेट ३०.३२ सेकेण्डमा दूरी पूरा गरेका हुन् ।

उक्त स्पर्धामा भारतका खेलाडी दोस्रो भए र उनले ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरे । यमनका खेलाडी तेस्रो भए र उनले ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूराका थिए। चौथो स्थानमा जापानी खेलाडी रहे।

नेपालले एसियालीस्तरको अफिसियल एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो। १७ वर्षीय अजित सर्लाही निवासी हुन्।

प्रतिस्पर्धामा १५ खेलाडीले मात्र दौड पुरा गरेका थिए।

चैत ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्