दुई नायिकासँग कम्मर भाँच्दै निश्‍चल बस्‍नेत, ‘माया पिरिम’ गीत सार्वजनिक

काठमाडौँ-पछिल्लो समय कलाकार तथा निर्देशन निश्चल बस्नेत चलचित्रमा गेस्ट भूमिकामा देखिन थालेका छन्। उनी धेरैजस्तो चलचित्रका शीर्ष गीतहरुमा नाँच्दै, गाउँदै गरेको देखिन्छन्। आइतबार चलचित्र जात्रै जात्राको गीतमा रोम्यान्टिक मुडमा निश्चल नाँच्दै गरेको गीत ‘माया पिरिम’ गीत सार्वजनिक भएको छ।

दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र जात्राले कमाइ र चर्चा पनि रामै बटुलेपछि सोही युनिटले जात्रै जात्रा चलचित्र बनाएको हो। चलचित्र जेठ ३ गते प्रदर्शनमा आउँदैछ।

यो चलचित्रको पहिलो गीतका ‘माया पिरिम’ मा निश्चल बस्‍नेत अभिनेत्री करिश्मा मानन्धर र नायिका सारा श्रीपाइलीसँग नाँचेका छन्। नेपाली चलचित्र क्षेत्रमा २५ वर्षको अनुभव समेटेकी नायिका करिश्मासँग नायिका सारा देखिएकी हुन्, उनले डेब्यू गरेको चलचित्र सुश्री सम्पत्ति केही समय अगाडिमात्र प्रदर्शनमा आएको थियो। निश्‍चल दुई नायिकासँग कम्मर भाच्दै गरेका देखिएका छन्।

यस्तै गीतमा नायिका वर्षा राउत, अभिनेता विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ रविन्द्र झा पनि देखिएका छन्। गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्।

गीत गायक निशान भट्टराई र मनिषा पोखरेलले स्वर दिएका छन् । यो गीतको शब्द लेखु सहयात्रीले लेखेका हुन् भने संगीत कृष्ण भारद्वाजले भरेका छन्। यो चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन लेखन गरेका छन् भने लगानी सिंगे लामा र योगेश्वर पोडेलले गरेका छन्।

चैत ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्