सीके राउतको बैठकमा सुरक्षा व्‍यवस्था कडा

लहान-सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक सिरहामा सुरु भएको छ।

लहानको मारवाडी सेवा समितिको सभाहलमा सुरु भएको २ दिने बैठकमा सिके राउतले आफ्ना कार्यकर्ताहरु संग छलफल गर्न लागेका छन्।

कडा सुरक्षाका बीच चैत ३ गते आईतवार १ बजे राष्ट्रिय गानसहित बैठक सुरु भएको साढे ७ बजे सकिएको र भोली ४ गते ८ बजे पुनः बैठक शुरु हुने मारवाडी सेवा समिती लहानले जनाएको छ।

सरकार संग ११ बुँदे समझदारीपछि मुलधारको राजनीतिमा आएका राउतले आफ्ना कार्यकर्ता तथा जनताबीच कसरी प्रस्तुत हुने विषयमा बैठक संचालन गरेको जनाइएको छ।

यस्तै, दुई दिने बैठकमा गठबन्धन बाहेक अन्य व्यक्ति तथा पत्रकारलाई बस्न समेत निषेध गरिएको छ।

राजनीतिक दल गठन गर्ने पक्रियालगायत विषयमा छलफल गर्न बैठक बसेको उक्त बैठकमा गठबन्धनका पदाधिकारीसहित मधेशका २२ वटै जिल्लाका करिब २ सय प्रतिनिधिको सहभागिता रहेको समितिले जनाएको छ।

यता,बैठकमा सहभागी हुन परिचयका रुपमा नागरिकता अनिवार्य गरिएको थियो। बैठकमा मोबाइल फोनसमेत प्रतिबन्ध लगाइएको थियो। बैठकमा भएका छलफलका विषय बाहिर आउन नदिन कडा प्रतिबन्ध लगाइएको स्रोतले बताएको छ।

चैत ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्