काठमाडौँमा ४.१ म्याग्निच्युडको भूकम्प, चित्लाङ केन्द्रविन्दु

काठमाडौँ – काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा सोमबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर बिहान ९ बजेर १ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका भूकम्पविद चिन्तन तिमिल्सेनाका अनुसार यो ७२ सालमा गएको भूकम्पकै पराकम्पन हो ।

क्षतिको विवरण भने संकलन भएको छैन । भूकम्पविद तिमिल्सेनाले सानो पराकम्पन भएकोले क्षतिको अनुमान नगरिएको बताए ।

चैत्र ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्