निजगढ विमानस्थलः रुख काट्न नहुने भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ – निजगढमा विमानस्थल बनाउने क्रममा रुख काट्ने तयारी भएपछि त्यसको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
विकास आवश्यक भए पनि त्यसको नाममा वातावरणको विनाश गर्न नहुने भन्दै जाग जनचेतना अभियानले वातावरणीय सचेतना जगाउने उद्देश्यसहित सोमबार काठमाडौँमा र्याली निकालेको हो ।
आफूहरु विकास विरोधी नभइ विनास विरोधी रहेको अभियन्ताहरुले बताएका छन् । निजगढ विमानस्थल निर्माणका लागि रुख काटिने भएपछि त्यसको वातावरण तथा संरक्षणविदले विरोध गर्दै आएका छन् ।
तर सरकारले भने विमानस्थल आवश्यक भएकाले त्यसका लागि आवश्यक प्रक्रियागत काम गरिने जनाएको छ । विमानस्थल निर्माणको क्रममा २४ लाख भन्दा बढी रुख काटिने छन् ।
विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र त्यसको असर कम गर्नका लागि प्रयास गर्नु पर्ने बेलामा भएका रुख पनि काटिनु उपयुक्त नरहेको संरक्षणकर्मीको भनाई छ ।