मर्यादित होली मनाउन वीरगञ्जमा प्रभातफेरि

पर्सा-मर्यादित एवं सभ्य होली पर्वको लागि वीरगञ्‍जमा सोमबार जनचेतनामूलक प्रभात फेरी निकालिएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजको रोयल पार्टी प्यालेसबाट निस्केको प्रभात फेरी घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै वीरगञ्जज बजार परिक्रमापछि पुनः रोयल पार्टी प्यालेसमै आएर होली मिलन तथा शुभकामना कार्यक्रममा परिणत भएको थियो।

प्रभात फेरिमा सहभागी भएकाहरुले होली पर्वलाइ सभ्यका साथ मनाऔ,कसैको इच्छा विपरीत रङ्ग अवीर नलगा‍औ,होलीमा मादक पदार्थ सेवन नगरौँ जस्ता नारा लेखिएको प्लेकार्डहरु बोकेका थिए।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज, पर्यटन पत्रकार संघ पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, समुदाय प्रहरी साझेदारी पर्सा, व्यवस्थित वीरगञ्‍जको संयुक्त आयोजनामा भएको प्रभातफेरिमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवी, वीरगञ्‍ज स्प्रिट क्लब माईस्थानका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो।

चैत ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्