थारु कलाकारहरुले ल्‍याए होलीको आधुनिक गीत

काठमाडौं- रङ्गहरुको पर्व होलीको पूर्वसन्ध्यामा थारु कलाकारहरुले तराइमा गाइने ‘फगुवा गीत’को म्‍यूजिक भिडियो सार्वजनिक गरेका छन्।

होलीको रौनकता र उमङगलाई थारु भाषामा बयान गर्दै थारु कलाकारहरुले ‘फगुवाको के मौसम’ बोल गीतको म्‍यूजिक भिडियो ल्‍याएका हुन।

गीतको शब्द सुजित कुमार चौधरीले लेखेका हुन भने संगीत   राजीव शाहले दिएका छन् भने सानु कुमार, ज्‍योति बिक र अन्यु यादवले गाएका छन्।

यस्तै यस्तै म्‍यूजिक भिडियोमा थारु कलाकारहरु घुरन चौधरी, जानकी चौधरी, सूर्य नारायण चौधरी, सबिता चौधरी, रिषिका, निरज थारु, अन्दिशा, लिजा, कुशल, प्रमोद थारु, प्रीति, किशोर बाबा, सुरेश कुमार चौधरी, ललिता, सुजित, रेनुका, शोभानन्द र दिनेश चौधरीले अभिनय गरेका छन्।

म्‍यूजिक भिडियोलाई घुरन चौधरीले निर्माण गरेका छन् भने दिनेश थारुले निर्देशन गरेका छन्। हरिनारायण चौधरीले क्‍यामेरा निर्देशन गरेका छन् भने दीपक दीपले नृत्य निर्देशन गरेका छन्। गीतलाई फोकस सिने आर्टले यूट्युबमार्फत सार्वजनकि गरेको हो।

फगुवाको गीतले भरपुर मनोरञ्‍जन गर्ने उद्देश्यले गीत ल्‍याएको थारु कलाकार सबिता चौधरीले जानकारी दिएकी छिन्।

चैत ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्