दृष्टि बिहीनले कुकुरको गाइडमा म्याराथन पूरा गरे

थोमस प्यानेकले २० वटा म्याराथन दौड पूरा गरेका छन्, तर उनले आइतबार न्युयोर्क सिटी हाफ म्याराथनमा कीर्तिमान बनाए ।

दृष्टि बिहीन धावकले सामान्यतया गाइडको सहारामा म्याराथनमा दौडिने गरेका छन् । तर थोमस कुकुरको गाइडमा हाफ म्याराथन पूरा गर्ने पहिलो व्यक्ति बनेका छन् ।

उनलाई न्युयोर्क सिटी हाफ म्याराथन पूरा गर्नका लागि लाब्राडोस जातिका तीन कुकुरले गाइड गरेका हुन् । वेस्ट्ली, वाफ्ली र गस नाम गरेका तीन कुकुरले थोमसलाई हाफ म्याराथनमा सहयोग गरेका हुन् । उनीहरुले निर्धारित दूरी दुई घण्टा २१ मिनेटमा पूरा गरेका हुन् ।

मानव गाइडको सहयोगका लागि कृतज्ञ रहे पनि आफूले स्वतन्त्र वा इनडिपेनडेन्ट महशुस गर्न नपाएको उनले बताए । तर कुकुरको सहारामा दूरी पूरा गर्दा आफूलाई स्वतन्त्र महशुस भएको थोमसको भनाई छ ।

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्