मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँ – मोटरसाइकल रिक्सामा ठोक्किँदा काठमाडौँको बालाजुमा एकजनाको ज्यान गएको छ। सोमबार राति पौने ११ बजे बा ७५ प ३७२२ नम्बरको मोटरसाइकलले रिक्सालाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि बसेका एकजनाको उचारको क्रममा राति नै ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा काभ्रेका ३६ वर्षे हरि श्रेष्ठ रहेका छन् । रिक्सा चालक उपचारपछि घर फर्किएका छन् । मोटसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चैत्र ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू