१४ वर्षकी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ

काभ्रे – १४ वर्षकी बालिकालाई बलात्कार गरेको अरोपमा काभ्रेमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डनदेउपुर नगरपालिका–७ की बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिका–३ का २१ वर्षका प्रकाश दनुवार राईसहित तीनजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले गएको आइतबार राति इन्द्रावती नदीको बगरमा लगि बालिकामाथि बलात्कार गरेको आरोप छ ।

आरोपित मध्ये एकजना फरार रहेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका हरुका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्