बिप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, बम बनाउने दुई जना पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौँ– काभ्रेमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। बम बनाउने कार्यमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गर्न गएको प्रहरी टोली र बिप्लवका कार्यकर्ताबिच गोली हानाहान भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुले बम बनाउने गरेको प्रहरीले जनाएको छ। बिप्लवका कार्यकर्ताको गतिविधिबारे जानकारी पाएपछि अपराध अनुसन्धान महाशाखाबाट एसपी सुरेन्द्रसिंह राठौरसहितको टोलि त्यसतर्फ गएको थियो।

पक्राउ गर्ने क्रममा बिप्लवका कार्यकर्ताले गोली चलाएपछि जवाफी फायर गरेको प्रहरीले दाबी गरेको छ।

 

 

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्