काठमाडौँको बसन्तपुर बुधबार विभिन्न रंगहरुले रंगिएका छ । होली पर्वको अवसरमा बसन्तपुरमा रंगहरुको उत्सव लागेको छ ।

विभिन्न रंगमा रंगिएका युवायुवतीहरुको रौनक छ । स्वदेशी तथा विदेशी सबै विभिन्न रंगमा एक रंग भएका छन्, रंगहरुले उनीहरुको उत्लास थप रंगिन बनेको छ ।

प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन मनाइने होली बुधबार नेपालको पहाडी जिल्लाहरुका धुमधामसँग मनाइँदै छ। तराईका जिल्लामा भने बिहीबार मात्रै मनाइने छ। होलीमा एक आपसमा रंग लगाएर साथीभाइ, आफन्तहरुले खुशी साटासाट गर्ने गरिन्छ।

बसन्तपुरको होलीमा रमेकाहरुको उल्लास देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले केही तस्बिरमा समेटेका छन् ।