बिरगञ्जबाट लागु औषध अफिमसहित मियाँ पक्राउ

लागु औषध अफिमसहित प्रहरीले बिरगञ्जबाट बुधबार दिउसो एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध अफिमसहित जगरनाथपुर गाउपालिका वडा नम्बर ४ बस्ने बसी मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले मियाँलाई नेपालबाट भारत रक्सौलतर्फ पैदल हिडी जादै गरेको अवस्थामा बिरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट जाँच गर्नेक्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका मियाको साथबाट प्रहरीले लागुऔषध अफिम १ केजी बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका मियालाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चैत ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्