पहिलो सेयर प्रधानमन्त्रीले किन्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तर्गत त्रिशूली थ्री बी को पहिलो शेयर किन्दै छन् ।

बिहीबार हुने विशेष कार्यक्रममा उनले यो आयोजनाको पहिलो सेयर किन्ने तयारी गरेका हुन्।

उनले भनेका छन्, ‘म बनाउँछु मेरो देश भन्ने विश्वास जनताले गर्नु पर्छ। अरुलाई विश्वास दिलाउन पहिलो सेयर मैले किन्न लागेको हो।’

चैत्र ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्