प्रधानमन्त्री र उर्जामन्त्रीले एक–एक हजार कित्ता शेयर किने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तर्गत त्रिशूली थ्री बी को शेयर किनेका छन् । प्रधानमन्त्री ओलीले ३७ मेगावाट क्षमताको आयोजनाको १००० कित्ता शेयर बिहीबार किनेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शेयरका लागि आवेदन दिएका हुन् । यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि १००० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जनताले गर्नु भएकाले त्यसमा विश्वास दिलाउन शेयर किनेको बताएका छन् ।

तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

चैत्र ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्