वृद्धाश्रममा पुगेर नेपाली महिला टोलीले मनाए होली, जीतका लागि मागे आशिर्वाद

विराटनगरमा रहेको विराटेश्‍वर विद्धाश्रममा रहेका वृद्धवृद्धासँग आशिर्वाद लिँदै साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली महिला टोली। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

मोरङ-साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली महिला टोलीले वृद्धाआश्रममा पुगेर होली मनाएका छन्।

मोरङमा रहेको विराटेश्वर वृद्धाआश्रममा पुगेर नेपाली महिला टोलीले होली मनाएका हुन।

उनीहरुले वृद्धा आश्रममा रहेका वृद्धवृद्धालाई फलफूल र जुस वितरण गरेका थिए भने वृद्धवृद्धाहरुले नेपाली टोलीलाई आशिर्वाद दिएका थिए।

यसअघि बुधबार सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेका थिए।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेरामा कैद गरेका केही तस्बिरहरु:

 

चैत्र ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू