होली रे होली !

सडकमा उत्सव, कन्सर्ट र होली मिलन

बुटवल-पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा बिहीबार होली पर्व मनाइएको छ।

जनकपुर बाहेक तराइका विभिन्‍न शहरहरुमा होलीको अवसरमा विशेष कार्यक्रमहरु आयोजना भएका छन्।

संघसंस्था, महिला समूह, विभिन्‍न पेय पदार्थ उत्पादकहरुले होली उत्सव, कन्सर्ट र होली मिलन कार्यक्रम गरेका छन् ।

होलीका कारण बुटवल, भैरहवा क्षेत्रमा सार्वजनिक यातायातका साधन पनि कम चलेका छन्।

सडकमा मानिसहरु होली खेल्दै रमाईलो गर्दै गरेका देखिन्छन्।

तराइको जिल्ला रुपन्देहीको बुटवलमा मनाइएको होलीको तस्बिरहरु देश संञ्‍चार संवाददाता सी.पी खनालले आफ्‍नो क्‍यामेरामा यसरी कैद गरेका छन्।

चैत ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्