कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ७३ वटै शाखाहरुबाट सहज रुपमा एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एभरेष्ट इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन्।

 

चैत ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्