कोरियन भाषा परीक्षा शुल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

काठमाडौँ– वैदेशिक रोजगारीका लागि कोरियन भाषा परीक्षाका लागि आवेदन शुल्क ‘ आइएमई पे’ मार्फत भुक्तानी गर्न सक्ने भएका छन्।

शुक्रबारबाट भाषा परीक्षाका लागि आवेदन मागिएको छ। सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्नेछन्

‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने समेत सहजिकरण गर्नेछन्।

परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । परीक्षा शूल्क भुक्तानी गरेपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ ।

परीक्षा शुल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि eoers.epsnepal.gov.np साइटमा जानुपर्नेछ।

चैत ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्