
जनकपुरधाम- जनकपुरमा होली खेलिरहेका बेला प्रहरीको भ्यानको ठक्करले एक युवक गम्भीर घाइते भको छ।
जनकपुरको रामचोकमा प्रहरी भ्यानको ठक्करबाट अन्दाजी २० वर्षीय युवक गम्भीर घाइते भएका छन्।
जनकपुरजनकपुरधाम -३ घर भएभएका रामा ठाकुरका छोरा प्रदीप ठाकुरलाई भ्यानको ठक्करले दुईवटै खुट्टा भाँचिएको छ।
होली खेलिरहेका युवा र प्रहरीबिच केहि समय अघि भनाभन भएको थियो र यसैको रिसिइबीलाई लिएर प्रहरीले नियोजित रुपमा भ्यान भिडमाथि चलाएको युवाहरुको आरोप छ।
भने ठक्कर पछि युवाहरु प्रहरी बिरुद्ध नाराबाजी र प्रदर्शन समेत गरेका छन्।गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि अस्पताल पठाईएको छ।
काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा अस्ती र तराई–मधेसका अन्य क्षेत्रमा हिजो होली मनाइएको थियो।
पन्ध्र दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट जनकपुरमा फागु पर्व (होली) मनाउने परम्परा अनुसार जनकपुरधाममा आज होली मनाइदै छ।
नेपाल र भारतको १ सय ३३ किलोमिटर दूरी पैदल तय गरिने मध्यमा परिक्रमा हिजो बाह्रबिघा मैदानमा समापन भएकाले जनकपुरमा आज होली मनाइएको हो।