भृकुटीमण्डपमा पुष्प मेला सूरु

काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औं पुष्प मेलाको उद्घाटन गरेका हुन।

पुष्प व्यवसायको अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए।

उनले पुष्प मेलालगायतका मेलाहरुको प्रर्दशनीका लागि तत्काल प्रर्दशनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

भृकुटीमण्डवमा रहेको प्रर्दशनी स्थलको भौतिक पूर्वाधार समेत जीर्ण रहेकाले पनि सरकारले प्रर्दशनीका लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई थियो।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्‍ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन्।

आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ।

३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ।

चैत ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्