स्ट्रर्लिङ्गको ह्याट्रिकमा युरोकप छनौटमा इंग्ल्याण्डको शानदार सुरुवात

युरोकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले शानदार जित दर्ता गरेको छ । समूह ए अन्तर्गत घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डले चेक गणतन्त्रमाथि ५–० को जित दर्ता गरेको हो ।

इंग्ल्याण्डको जितमा रहिम स्ट्रर्लिङ्गले ह्याट्रिक गरे भने ह्यारी केनले एक गोल गरे । यस्तै इंग्ल्याण्डले एउटा उपहार गोल पायो । रहिमले २४ औँ तथा केनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोलबाट ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले पहिलो हाफमा २–० को अग्रता लियो।

स्ट्रर्लिङ्गले दोस्रो हाफमा थप दुई गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । उनले ६२ र ६८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । उनले राष्ट्रिय टिमबाट पहिलो पटक ह्याट्रिक गरेका हुन् । ८४ औँ मिनेटमा चेक गणतन्त्रका कालासले आत्मघाती गोल गरेपछि इंग्ल्याण्डको ५–० को जित निश्चित भयो ।

समूह ए अन्तर्गत शुक्रबार राति नै भएको खेलमा बुल्गेरिया र मोन्टेनेग्रोले १–१ को बराबरी खेलेका छन् । तीन अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्षिस्थानमा छ । साउथगेटको टिमले युरोकपमा राम्रो गर्ने संकेत छनौट चरणको पहिलो खेलबाटै गरेको छ ।

चैत ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्