सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्सुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ।सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सहायक महाप्रबंधक सपना देवकोटा खरेलले हस्ताक्षर गरेका छन्।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

 

चैत १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्