दीपिका पादुकोणको एसिड अटैक सर्वाइवर लुक

मेघना गुलजारको निर्देशनमा बनिरहेको चलचित्र छपाक को पहिलो लुक पोष्टर रिलिज भएको छ । उक्त पोष्टरमा दीपिका पादुकोणको तस्बिर छ ।

दीपिका छपाक चलचित्रमा एसिड अटैक सर्वाइवर लक्ष्मी अग्रवालको भूमिकामा देखिनेछिन् । पोष्टरमा दीपिकाको लुक कारुणिक छ । छपाकमा दीपिका आफ्नो करियरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउनेछिन् ।

फिल्ममा दीपिका पादुकोणको क्यारेक्टरको नाम मालती रहेको छ ।

दीपिका पादुकोणले पहिलो पोस्टर शेयर गर्दै लेखेकी छन्, ‘मालती, एक यस्तो भूमिका जो मसँग सधैँ रहनेछ ।’

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्