गेसोद्वारा तीन महिने आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं- गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पेन्सनलगायतका सेवा, सुविधा समान रुपमा उपलब्ध गराउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वार्ता समिति गठन गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

बेलायती सेना सरह गोरखा भूतपूर्व सैनिकहरुलाई पनि पेन्सनलगायतका सेवा सुविधा तत्काल उपलब्ध गराउन कुटनीतिक पहल गर्न माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको गेसोका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए।

आन्दोलनको कार्यक्रम अनुसार गेसोले आफ्ना माग सम्बोधन गराउन नेपाल सरकार र बेलायत सरकारका प्रधानमन्त्रीलगायतका सम्बन्धित मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउनेछ।त्यसैगरी बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आफूहरुको मागलाई सम्बोधन गर्न बाध्य हुने गरी विशाल प्रर्दशन गर्ने निर्णय पनि गरिएको गेसोका अध्यक्ष राईले बताए।

बेलायत सरकारले बेलायती सेना सरह पेन्सनलगायतको सेवा सुविधा नदिएपछि गोर्खा भूतपूर्व सैनिकहरु त्यसविरुद्ध आन्दोलनमा होमिएका हुन । उनीहरुले बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायती सेना सरह पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध नगराए अझै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्