नेपाल र कुवेतबीच दोस्रो मैत्रिपुर्ण फुटबल आज

नेपाली फुटबल टोली। फाइल तस्बिर

काठमाडौं- कुवेत र नेपालबीचको दोस्रो मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल सोमबार हुँदै छ। यो खेल नेपाली समय अनुसार सवा ९ बजे सुरु हुने छ।  यसअघि पहिलो मैत्रिपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

विश्व फुटबल महासंघ-फिफाको पछिल्लो वरियताक्रममा नेपाल एक सय ६१ र कुवेत एक सय ५८ औँ स्थानमा छन्। कुवेतसँग गोलरहित बराबरी खेलेर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा लगातार तीन खेलको हार तोडेको थियो।

विज्ञापन

नेपालले अन्तिमपटक गत सेप्टेम्बरमा बंगलादेशलाई २-० गोलले हराएको थियो। त्यसयता नेपाल ४ खेलमा जितविहिन छ। कुवेतले अन्तिमपटक गत डिसेम्बरमा यूएईलाई २-० गोलले हराएको थियो।

चैत्र ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्