एनएमबी बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ–एनएमबी बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सम्झौता भएको छ।
सम्झौतामा एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन्।

सम्झाैता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरु बारे एनएमबी बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराउनेछ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोवाइल एप बारे जानकारी गराई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्न प्रेरित गर्नेछ।

बैंकले एनएमबी एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिदिनेछ।

 

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्