कामना सेवाको ७४ औं शाखा निजगढमा

काठमाडौँ– बाराको निजगढ नगरपालिका ७ मा कामना सेवा विकास बैंकको ७४ औँ शाखा सञ्चालनमा आएको छ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे।

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने जानकारी गराए।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ।

 

चैत ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्