चर्चित हीरा व्‍यापारीको पेन्टिङ ५५ करोडमा लिलामी

एजेन्सी- हीरा कारोबारी नीरव मोदीले किनेको एउटा पेन्टिङ करीब ५५ करोड रुपैयाँमा लिलामी भएको छ।

उक्त पेन्टिङको लिलामी आयकर विभागले मुम्बईमा गराएको हो, जसमा उनको ६८ पेन्टिङ्सहरु रहेका छन्। नीरव मोदीमाथि आयकरले करोडौं रुपैयाँ ट्याक्स समेत लगाएको छ।

४८ वर्षीया मोदीमाथि पंजाब नेशनल बैंकको करीब १३ हजार करोड रुपैयाँ उधारो लिएको र अहिलेसम्‍म नरितेरको आरोप लगाइएको छ।

गत हप्ता नीरव मोदीलाई लण्डनको होल्बर्न क्षेत्रबाट पक्राउ गरिएको थियो। त्‍यसपछि उसलाई वेस्ट मिनिस्टर कोर्टमा पेश गरिएको थियो।

उनको तर्फबाट अदालतमा जमानत पत्र दायर गरिएको थियो, तर अदालतले त्‍यसलाई खारेज गरिदिएको थियो।

भारतीय अधिकारीहरुका अनुसार लिलामीबाट करीब ५० करोड रुपैयाँ पुग्‍ने अनुमान गरे पनि कतिपय पेन्टिङ्स त्‍यो भन्दा पनि महँगो दाममा विक्री भयो।

लिलामी गर्ने व्‍यक्तिले भनेका छन्, ‘ यकर विभाग सामान्‍यतया प्रपर्टी, सुन र महँगो सामानको लिलामी गर्छन्। यो पहिलो पटक आयकर विभागले पेन्टिङ्सलाई लिलामी गरेको छ।’

नीरव मोदीसँग भारतका प्रसिद्ध चित्रकारहरुमध्‍ये एक वासुदेव एस गायतोडेको एउटा यस्तो पेन्टिङ थियो, जुन २५ करोड रुपैयाँमा विक्री भएको थियो।

नीरव मोदीमाथि यस्तो आरोप


पंजाब नेशनल बैंकले सन् २०१८मा नीरव मोदी तथा उनको काका मेहुल चौकसीको नेतृत्वमा रहेको ज्वेलरी समूहमाथि फर्जी बैंक ग्‍यारेन्टी कर्जा लिएको र धोकाधडी गरेको आरोप लगाएको थियो।

तर उक्त आरोप सार्वजनिक हुनुभन्दा पहिले नै दुवै जना गुपचुप रुपमै भारत छाडेर भागिसकेका थिए।तर अहिलेसम्‍म नीरव मोदी तथा उनका काका मेहुल चौकसीले भ्रष्टाचारको सबै आरोप खारेज गरिसकेका थिए।

को हुन नीरव मोदी ?


नीरव मोदी एक चर्चित भारतीय हीरा कारोबारी हुन। उनी २.३ अर्ब डलरको ज्वेलरी डिजाइनर कम्पनी फायरस्टार डाइमण्डका संस्थापक समेत हुन। यसका साथै उनका ग्राहक विश्‍वका चर्चित व्‍यक्तिहरु,सेलिब्रेटीहरु समेत रहेका छन्।

नीरव हीराका कारोबार गर्ने परिवारबाटै आएका हुन। साथै बेल्जियमको एन्टवर्प शहरमा उनको हुर्काइ बढाइ भएको हो।

युवा उमेरदेखि नै उनको लगाब आर्ट तथा डिजाइनमा रहेको थियो। उनी युरफवको फरक फरक म्‍युजिमयममा आउने-जाने गर्दथे।  यसपछि भारतमा आएर बस्‍ने तथा डायमण्ड ट्रेडिङ बिजनेसको सबै प्रकारको तालिम लिएपछि सन् १९९९मा उनले फायरस्टार खोलेका हुन।

यो एक प्रकारको हीरा सोर्सिङ तथा व्‍यापारिक कम्पनी हो। सन् २००८मा नीरवको एक नजिकको साथीले कानमा लगाउने इगरिङ बनाउन भनेका थिए।
यसतै सन् २०१०मा उनी क्रिस्टी तथा सद्‌वीको क्‍याटलगमा आफ्नो ठाउँ सुरक्षित गर्ने पहिलो भारतीय बने। सन् २०१३मा फोर्ब्सको सूचिमा भारतीय अर्बपतिमा सूचिकृत भए।र संसारभर चर्चित भए।

यस्तै नीरवको कम्पनीले आभूषण केट विन्स्लेट, रोजी हंटिङगटन-ह्वाटली, नाओमी ह्वाट्स, कोको रोशा, लीजा हेडन तथा ऐश्वर्य राय लगायतका चर्चित भारतीय तथा अन्तराष्ट्रिय स्टार र आइकनहरुको ज्वेलरी डिजाइन गरेका हुन।

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्