वीरेन्द्रनगरमा मुक्तिनाथको शाखा

सुर्खेत-पछिल्लो समयमा कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बैंक तथा वित्तिय संस्थाहरुले धमाधम शाखा विस्तार गर्न थालेका छन्।

संघीय संरचना अनुसार प्रदेश तहको राजधानी तोकिएसँगै प्रदेश लक्षित गरि वीरेन्द्रनगरमा वित्तिय संस्थाहरु खुल्न थालेका हुन्।

वित्तिय कारोबारो बढ्ने सम्भावना भएसँगै वैंकहरु तीव्र रुपमा खुल्न थालेका हुन्।

गरिमा विकास बैंकले कारोबार सञ्चालन गरेको केही हप्ता भित्रै अर्को बैंकले शाखा सञ्चालनमा ल्याएको छ।

मुक्तिनाथ विकास बैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चौंथो शाखा स्थापना गरेको हो।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारीले बिहीबार शाखाको उद्घाटन गरेकी हुन्।

आर्थिक समृद्धितर्फ उन्मुख गर्न बैंकले ठ्लो सहयोग पुर्‍याएको भन्दै पारदर्शिता र सुशासनलाई अवलम्वन गर्दै जनमुखि सेवा दिन उनले आग्रह गरिन्।

बैंकको शाखाले स्वरोजगारलाई प्राथमिकता दिएर कारोबारो सञ्चालन गर्न मुक्तिनाथ विकास बैंकका सहायक कार्यकारी अधिकृत गोविन्द रावतले बताए।

उनका अनुसार बैंकसँग ३५ अर्ब कर्जा रकम छ।

बैंकले सुर्खेतसहित कर्णाली प्रदेशका सबै जिल्लामा सेवा पुर्‍याउने गरि शाखा विस्तार गर्ने तयारी थालेको उनले जानकारी दिए।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले हचुवाको भरमा व्याजदर लागु गर्दा व्यापारिहरु मारमा परेको बताए।

चैत १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्