पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैद

जनकपुर – धनुषा जिल्ला अदालतले जनकपुर बम काण्डमा पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई दोषी ठहर गर्दैै जन्मकैदको फैसला सुनाइएको छ।

जिल्ला अदालतले साहसहित, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण र रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको छ।

२०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो ।

चैत १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्