स्वर्गद्वारीका लागि केबुलकार बनाउन निजी क्षेत्रको अग्रसरता

दाङ – प्रशिद्ध धार्मिक तिर्थ स्थल प्यूठानको स्वर्गद्वारी जान केबुलकार बनाउने तयारी गरिएको छ । दाङको घोराहीदेखि स्वर्गद्वारी सम्म आठ किलोमिटर लामो केबुलकार बनाउने तयारी गरिएको हो ।

घोराही स्वर्गद्वारी केबुलकार प्रालि स्थापना गरेर निजी क्षेत्रबाट केबुलकार बनाउने तयारी गरिएको छ । साढे पाँच अरबको लगानीमा केबुलकार बनाउने योजना रहेको घोराही स्वर्गद्वारी केबुलकार प्रालिका प्रतिनिधि माधव घिमिरेले बताए ।

चार वर्षमा घोराहीबाट स्वर्गद्वारी केबुलकार चढेर जान मिल्नेगरी काम अघि बढाउने योजना रहेको घिमिरेले बताए ।

चैत १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्