अनुसन्धान भन्छ: रक्सी भन्दा चुरोट खतरनाक !

एजेन्सी– एक हप्तामा महिलाले १० वटा र पुरुषले पाँचवटा चुरोट पिउनु र एक हप्तामा ७ सय ५० मिलिलिटर रक्सी पिउनु क्यान्सरका लागि उति नै खतरापूर्ण रहेको एक अध्ययनले जनाएको छ।

ब्रिटेनका शोधकर्ताले गरेको अध्ययनमा थोरै रक्सी पिउनु भन्दा चुरोट पिउनु बढी खतरापूर्ण हुने र यसबाट क्यान्सरको खतरा बढी हुने कुरा सार्वजनिक भएको छ।

यस्तो जोखिमलाई कम गर्ने एकमात्र तरिका पूर्णरुपमा चुरोट छोड्नु नै हो।

सरकारी दिशा निर्देले एक महिला र पुरुषले एक हप्तामा १४ युनिट भन्दा बढी रक्सी पिउन नहुने सल्लाह दिन्छन्। यो वियरको ६ पाइन्ट बोतल र ६ ग्लास वाइनको बराबर हो।

अध्ययनका अनुसार यदि आफ्नो स्वास्थ्य खतरामा छ भने पिउनको लागि कुनै मात्रा हुँदैन। कम पिउनेहरु पनि क्यान्सरको खतरा भन्दा बाहिर हुँदैनन्।

शोधकर्ताहरुले बिएमसी पब्लिक हेल्थको लेखमा यदि चुरोट नपिउने एक हजार पुरुष र एक हजार महिला हप्तामा एक बोतल रक्सी पिउँछन् भने करिब १० भन्दा बढी पुरुष र १४ महिलालाई उनीहरुको जीवनकालमा क्यान्सरको खतरा हुने बताएका छन्।

रक्सी पिउने महिलाको स्तनको क्यान्सर र पुरुषको पेट र लिभरको क्यान्सर हुने खतरा बढी हुन्छ।

शोधकर्ताको टीमले क्यान्सर रिसर्च यूकेको क्यान्सर खतरामाथि आधारित डाटाको प्रयोग गरेका छन्। यसको साथै टीमले तम्बाकु र रक्सीबाट हुने क्यान्सरका बिरामिको डाटाको अध्ययन गरेका थिए।

स्तन क्यान्सरमाथि सोध गरेका डाक्टर मिनौक शोमेकरले अध्ययनले महत्वपूर्ण कुरा सार्वजनिक गर्छ तर यसको तस्बिर खासै स्पष्ट छैन।

द इन्टिट्यूट अफ क्यान्सर रिसर्चका वैज्ञानिक डा.शोमेकर ले भने, ‘क्यान्सरको खतराको तस्बिर बहुत जटिल र गहिरो छ, यसकारण पनि यसलाई ध्यानमा राख्नु महत्वपूर्ण छ। नयाँ अध्ययन कैयौँ मान्यताको आधारमा छ।’ उदाहरणका लागि रक्सी र चुरोट पिउनुको प्रभावको पूर्ण रुपमा रोक्न कठिन छ।

अध्ययनमा केवल क्यान्सरमाथि मात्रै कुरा गरिएको छ तर अन्य रोगको बारेमा कुनै उल्लेख गरिएको छैन। चुरोट पिउने मान्छेको मुटु र फोक्सोको रोग बढी लाग्ने बताएको छ।

उक्त अध्ययनमा २००४ को डाटा प्रयोग गरिएको छ र क्यान्सरको अन्य कारणको बारेमा उल्लेख गरिएको छैन। उमेर, वंशाणुगत गुण, खानपान र जीवनशैली पनि क्यान्सरको कारण बन्न सक्ने बताइएको छ।

नटिंघम विश्वविद्यालयका प्रोफेसर जोन ब्रिटन भन्छन्,‘मानिसहरु खतराको तुलना गरेर रक्सी र चुरोटको सेवन गर्छन जस्तो मलाई लाग्दैन।’ प्रोफेसर ब्रिटन यूके सेटिङ फर टोबाको एण्ड अल्कोहल स्टडिजका निर्देशक हुन्।

उनी भन्छन्, ‘यो अध्ययनका अनुसार रक्सीको तुलनामा चुरोट पिउनु क्यान्सरका लागि बढी खतरनाक छ। अन्य रोगको कुरा गर्दा चरोट रक्सी भन्दा कैयौँ गुणा बढी खतरापूर्ण छ।’

‘यदि चुरोट पिउनेहरु आफ्नो स्वास्थयको बारेमा चिन्तित छन् भने चुरोटको सेवन छोड्नु सबै भन्दा उत्तम हो।’

प्रोफेसर ब्रिटन रक्सी पिउनेहरुलाई १४ युनिट भन्दा बढी रक्सी पिउनु उचित नहुने बताउँछन्।

यस्तै डा. बाब पैटन यो अध्ययनले मानिसहरुको सोच बदल्ने बताउँछन्। पैटन सरे विश्वविद्यालयमा मनोविज्ञान विभागका प्रोफेसर छन्।

चैत १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्