आइपिएल २०१९

सन्जुको शतकले पनि राजस्थानलाई जोगाउन सकेन, हैदराबाद विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार बेलुका भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हैदराबादले राजस्थान रोल्यसलाई पाँच विकेटले हराएको हो ।

१९९ रनको लक्ष्य हैदराबादले पाँच विकेटको क्षतिमा एक ओभर बाँकी हुँदा भेट्टाएको हो । हैदराबादको जितमा डेविड वार्नरले ३७ बलमा ९ चौका र दुई छक्काको सहयोगमा ६९, जोनी बेयरस्टोले २८ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ तथा विजय शंकरले १५ बलमा एक चौका र तीन छक्काको सहयोगमा ३५ रन बनाए । राजस्थानका श्रेयस गोपालले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको राजस्थानले सन्जु सामसनको नटआउट शतकीय पारीको स हयोगमा मात्रै दुई विकेटको क्षतिमा १९८ रन बनाएको थियो ।

सन्जुले ५५ बलमा १० चौका र चार छक्काको सहयोगमा नटआउट १०२ रन बनाएका हुन् । उनी आइपिएलको यो संस्करणमा शतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यस्तै कप्तान अजिन्क्या रहाणेले ४९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ७० रन बनाए । दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले राजस्थान विजयी हुने देखिएको थियो ।

तर जवाफी ब्याटिङ्गमा हैदराबाद खेलाडीको ब्याटले पनि कमाल गर्न सक्यो र राम्रो प्रदर्शनका बाबजुद राजस्थान पराजित हुन बाध्य भयो ।

चैत १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्