श्रीमतीको हत्या अभियोगमा पक्राउ

सांकेतिक तस्बिर

दमौली- श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रीरामले शुक्रबार मादक पदार्थ सेवन गरी फूलमायालाई कुटपिट गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उनले श्रीमतीको शवलाई घरदेखि करीब २० मिटर टाढा बारीमा फालेका थिए । हत्या अभियोगमा पक्राउ परेका श्रीरामलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ।

चैत १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्