प्रदेश २ मन्त्रीपरिषदको आपतकालीन बैठक बस्दै

काठमाडौँ – अचानक आएको हावाहुरीका कारण बारा तथा पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएपछिको अवस्थाबारे निर्णय लिन प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्दैछ ।

आइतबार बेलुका आएको हावाहुरीका कारण बारामा कम्तिमा २६ तथा पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको छ । पाँच सयजना भन्दा बढि घाइते भएकोमा दुई सय बढि उपचारपछि घर फर्किएका छन् । तीन सय ४० जना भन्दा बढिको उपचार भइरहेको छ ।

हावाहुरीले गरेको क्षति र प्रदेश सरकारले चाल्ने कदमबारे छलफल गर्न प्रदेश मन्त्रीपरिषदको आपकालीन बैठक सोमबार बिहानका लागि बोलाइएको हो । बैठकले मृतकका परिवारलाई राहत, घाइतेको उपचार तथा भत्किएका घर पुनर्निर्माणसहितका विषयमा निर्णय लिनेछ ।

चैत १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्