हावाहुरीका कारण बारा र पर्सामा भएको क्षतिप्रति पूर्व राजाद्वारा दुःख व्यक्त

फाइल तस्बिर

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले हावाहुरीका कारण बारा र पर्सामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । पूर्व राजाले सोमबार समवेदना सन्देश जारी गरि घटनाले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘प्राकृतिक विपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितजनहरुमा समवेदना प्रकट गर्दछु । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।’

आइतबार बेलुका अचानक आएको हावाहुरीका कारण बारा र पर्सामा गरि कम्तिमा २७ जनाको ज्यान गएको छ भने ६ सय भन्दा बढि घाइते भएका छन् ।

चैत १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्