पाँचथरमा पूर्व राजाको भव्य स्वागत

पाँचथर – पूर्वका पहाडी जिल्लाको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले फाल्गुनानन्द गुरुको दर्शन गरेका छन् ।

शाहले मंगलबार पाँचथरको फिदिम बजारबाट तीन किलोमिटर पर रहेको किराँत गुरु फाल्गुनानन्दको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

पूर्व राजाको स्वागतमा हजारौँ मानिस जम्मा भएका थिए । एक किलोमिटर दूरी शाहले पैदल हिँडेर सर्वासधारणसँग अन्तरक्रिया गरेका थिए ।

चैत १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्