स्कुटर दुर्घटनामा एककाे मृत्यु

दाङ– दाङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १४ गोर्खा बोर्डिङ स्कुल नजिकै रा ४ प ३८२२ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक ३८ बर्षिय प्रकाश आचार्यको मृत्युभएको हो।

आचार्यको घटना स्थलमै मृत्युभएको अवस्थामा शव फेला परेको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए। मृतक आचार्यको शव उनका दाजु पवन आचार्यको जिम्मा लगाईएको प्रहरीले जनाएकाे छ।

चैत १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्