प्रदेश-२ सरकारले बारा-पर्साका हुरी पीडितलाई पक्की घर बनाइदिने

प्रदेश २ कार्यालय। तस्बिर: देशसञ्चार

जनकपुरधाम- प्रदेश-२ सरकारले बारा-पर्साका हुरी प्रभावितहरुलाई चार कोठे पक्की घर बनाइदिने निर्णय गरेको छ।

बुधबार प्रदेश सभाको बैठकबाट प्रदेश-२ सरकारका कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा राहत तथा उद्धार उच्चस्तरीय पाँच सदस्‍यीय समिति गठन गरेको हो।

उक्त समितिले बारापर्साका हुरी पीडितहरुलाई प्रिफेबरीक घर चार कोठे घर बनाइदिनेछ, जसमा तीनवटा कोठा, भान्सा कोठा शौचालयसहित हुन्छ।

प्रत्‍येक घरको लागत पाँच लाख रुपैयाको रहेको छ। यस्तै प्रदेश-२का प्रदेश सभा सांसदहरुले ७ दिनको तलबभत्ता हुरीपीडितहरुलाई दिने घोषणासहित शोक प्रस्ताव पारित गरेको छ।

चैत २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्