नयाँ रंगशालमा टोटनह्यामको महत्वपूर्ण जित

टोटनह्यामले एक बिलियन पाउण्डको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न नयाँ रंगशालाको औपचारिक उद्घाटन गरेको छ, महत्वपूर्ण जितसहित ।

दुईवटा अभ्यास खेलपछि नयाँ रंगशालमा बुधबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको पहिलो खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो ।

नयाँ रंगशालामा टोटनह्यामको जितमा सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा टोटनह्यामले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५५ औँ मिनेटमभा सनले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ८० औँ मिनेटमा एरिक्सनले गोल गरेपछि टोटनह्याम २–० ले विजयी भयो ।

टोटनह्यामले प्रिमियर लिगमा फेब्रुअरी १० यता पहिलो खेलमा जित दर्ता गरेको हो । जितपछि ३२ खेलबाट ६४ अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।

चौथो स्थानमा पुगेको एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ । १३ औँ स्थानको क्रिष्टल प्यालेसको ३६ अंक छ ।

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्