आइपिएल २०१९

धोनीको टिमको पहिलो हार, मुम्बईका हार्दिक पाण्डेय बने घातक

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार बेलुका भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा मुम्बईले लगातार जित निकाल्दै आएको चेन्नई सुपर किंग्सलाई ३७ रनले हराएको हो ।

चेन्नईको जितको यात्रा तोड्ने क्रममा मुम्बईका हार्दिक पाण्डेयले महत्वपूर्ण भूमिका निर्वाह गरे । नटआउट २५ रन बनाएका पाण्डेयले तीन विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १७० रन बनायो । उसका लागि सूर्यकुमार यादवले ४३ बलमा ५९ रन बनाए । यस्तै क्रुनाल पाण्डेयले ३२ बलमा ४२ तथा हार्दिक पाण्डेयले ८ बलमा नट आउट २५ रन बनाए ।

१७१ रनको लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो । उसका लागि केदार जाधवले ५४ बलमा ५८ तथा सुरेश रैनाले १५ बलमा १६ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले २१ बलमा १२ रन बनाए ।

मुम्बईका हार्दिक पाण्डेय र लासिथ मालिङ्गाले समान तीन तीन विकेट लिए । चेन्नई चौथो खेलमा आएर पराजित भएको हो ।

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्