सीके राउतले गरे प्रदेश दुईका मुख्यमन्त्रीमाथि कडा प्रहार

‘केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोज्ने ?’

सीके राउत। तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – केही हप्ताअघि सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु राउतको कडा आलोचना गरेका छन् ।

गएको आइतबार बेलुका अचानक आएको हावाहुरीका कारण २९ जनाको ज्यान गएको तथा हजारौँ मानिस घरबार बिहीन भएकोमा प्रभावितका लागि प्रभावकारी काम नगरेको भन्दै राउतले मुख्यमन्त्रीको आलोचना गरेका हुन् ।

प्रदेश दुईका मुख्यमन्त्री राउतले केन्द्र सरकारका कारण हावाहुरी प्रभावितका लागि राहत तथा सहयोगका काम गर्न अवरोध भएको आरोप लगाएको सम्बन्धमा सीके राउतले कडा आपत्ति जनाएका हुन् ।

हावाहुरीका कारण प्रभावित भएकालाई खानाको व्यवस्था गर्न सामूहिक मेस चलाउनका लागि पनि केन्द्र सरकार बाधक भएको भन्नु आफ्नो असक्षमता लुकाउने बहाना मात्रै रहेको सीके राउतले उल्लेख गरेका छन् ।

केन्द्र सरकारलाई दोष लगाएर आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको आरोप सीके राउतले मुख्यमन्त्री लालबाबु राउतमाथि लगाएका हुन् ।

v

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्