इलाममा पूर्व राजालाई भव्य स्वागत

इलाम – पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार इलामको भ्रमणमा गएका छन् । पूर्व राजा शाहले बिहीबार इलामको माइस्थान मन्दिरमा दर्शन गरेका छन् ।

शाहलाई स्थानीय बासिन्दाले बाजागाजासहित स्वागत गरेका थिए । उनीहरुले पूर्व राजाको पक्षमा नारा पनि लगाएका थिए । पूर्व राजा शाहले यसअघि पाँचथरको भ्रमण गरेका थिए ।

चैत २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्